
हेटौंडा, २ असार – मकवानपुरको हेटौंडाबाट पथलैया हिँडेको यात्रुवाहक बस सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा २२ यात्रु घाइते भएका छन् ।
ना ५ ख ४०१५ नम्बरको यात्रुवाहक बस सोमबार बिहान मकवानपुर र बाराको सीमाक्षेत्र चुरीयामाई मन्दिर नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा २२ जना घाइते भएको र तीमध्ये १ को अवस्था गम्भीर रहेको छ । बसमा ३० यात्रु सवार रहेको बताइएको छ । घाइतेहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याइएको छ ।
बस मोडबाट तल खसेको छ । यसबारे प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ ।