३३. ५ डिग्री पुग्यो काठमाण्डुको तापक्रम, यसो भन्छन् मौसमविद

काठमाण्डु टुडे २०७६ असार २ गते ७:४२ मा प्रकाशित

काठमाण्डु, २ असार– एक सातायता बढेको तापक्रमले काठमाण्डु उपत्यकासहित देशभरको जनजीवनमा असर पुगेको छ ।

तराईका साथै पहाडी जिल्लामा समेत तापक्रम वृद्धि भएको छ । गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा विद्यालयले केही दिनका लागि बिदासमेत दिएका छन् ।  काठमाण्डुमा शुक्रबार वर्षकै सबैभन्दा बढी गर्मी महसुस भयो । शुक्रबार काठमाण्डुमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । शनिबार नेपालगञ्जमा अधिकतम तापक्रम ४३ डिग्री पुगेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभरको तापक्रम नबढ्ने जनाएको छ ।
आइबार दिउँसोदेखि स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव बढेपछि थप गर्मी नबढ्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको भनाइ छ । नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us