भाडाका मान्छे प्रयोग गरेर गुठी विधेयकको विरोध !

काठमाण्डु टुडे २०७६ असार १ गते १६:३३ मा प्रकाशित

काठमाण्डु, १ असार – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले गुठी विधेयकको विरोधमा भाडाका मान्छेले काठमाडौंको माइतीघर मण्डला घेराउ गर्ने गरेको बताएकी छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले भनिन्, ‘मण्डला घेर्न आएका छन् । ती भाडाका मान्छेको कुरा मानेर गुठी विधेयक फिर्ता लिने काम नगरियोस् ।’

स्वर्गद्वारी गुठीको जग्गा महन्तले किनेको भनेर झुठो प्रचार भईरहेको सांसद सत्गौवाको भनाई छ । बैठकमा उनले भनिन्, ‘१०५० विघा किनेको हो भनेर वाहियात कुरा नगर्दा हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us