काठमाण्डुबाट ८२ जना पाकेटमारलाई प्रहरीले पक्रियो

काठमाण्डु टुडे २०७६ असार १ गते १५:४८ मा प्रकाशित

काठमाण्डु, १ असार – प्रहरीले ८२ जना पाकेटमारलाई पक्राउ गरेको छ । काठमाण्डु प्रहरी परिसर, टेकुले विशेष अभियान सञ्चालन गरेर सवारी साधानमा पाकेटमारी गर्ने र विभिन्न ठाउँबाट चोरी गर्ने व्यक्तिलाई सार्वजनिक गरिएको हो ।

काठमाण्डु प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार सार्वजनिक सवारी साधानमा पाकेटमारी र चोरीका घटना बढेको सूचनाको आधारमा जेठ महिनाभर चलाइएको अपरेशनका क्रममा उनीहरुलाई समातिएको थियो ।

चोर समात्न यातायात व्यवसायीको सहकार्यमा सादा पोशाकको प्रहरी खटाइएको थियो । पक्राउ परेका मध्ये अधिकांश बस तथा माइक्रो बसमा यात्रुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल र गरगहना चोर्दै गर्दा समातिएका थिए ।

पक्राउ परेकामाथि चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।
यी हुन् पाकेटमारले प्रयोग गर्ने सांकेतिक भाषाः
पैसा- द ,
मोवाईल- कान,
पकेटमारी पिडित – रामे

पकेटमारी गर्ने -मास्टर काशी,
पैसा धेरै छ – टानको दपैसा
थोरै छ -जुटको द ,
गाडी -कांचा,

केटा -छापा,
केटी -भद्रि
पुलिस आयो- ठल्दाई आयो ,
ड्राईभर – माम,
खलासी- मले

गाडीवाट झरेर भाग-टप्की

गाडी भित्र अगाडी सर – अकल जा

गाडी भित्र पछाडी सर -चिछल जा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us