
काठमाण्डु, ३० जेठ– यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा वृद्धिसम्बन्धी निर्णय फिर्ता लिएको छ ।
यातायात भाडा बढाएकामा सामाजिक सञ्जालमार्फत सर्वसाधारणले चर्को विरोध जनाएका थिए । तत्कालका लागि भाडा बढाउने निर्णय कार्यान्वयन नगर्न विभागले मातहतका निकायलाई लिखित निर्देशन दिएको छ । विभागले बिहीबार मात्रै आगामी १ असारदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले बढाएको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कार्यबाहक प्रधानमन्त्री ईशवर पोखरेलको निर्देशनमा विभागले भाडा वृद्धिको निर्णय फिर्ता लिएको हो ।
पार्टी एकीकरणका बेलदेखि नै विपरीत ध्रुवमा रहेका प्रचण्ड र पोखरेल मिलेर सकारात्मक निर्णय गरेकामा सबैले धन्यवाद दिएका छन् ।