सुदूरपश्चिममा फेरी ठूलो हावाहुरी

काठमाण्डु टुडे २०७६ जेठ २९ गते १०:०४ मा प्रकाशित

काठमाण्डु, २९ जेठ – सुदूरपश्चिमका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबतास सहित वर्षा भएको छ । काठमाण्डुसहित मध्य र पूर्वको मौसम भने आंशिक बदली भएको छ ।

पश्चिमबाट प्रवेश गरेको मौसमी प्रणालीको असरले बुधबार बिहान दार्चुला, डडेलधुरा, कञ्चनपुर, धनगढी, दिपायल लगायत सुदुरपश्चिमका धेरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित पानी परेकोे मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार अहिले पश्चिममा पानी पारेको प्रणाली मध्य क्षेत्र हुँदै पूर्व सर्नेछ ।

तर मध्य क्षेत्रमा आइपुग्दा नै कमजोर हुने भएकाले काठमाण्डु उपत्यकासहित मध्य र पूर्वका एक दुई ठाउँमा मात्र बेलुकीतिर पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ । पश्चिमको मौसम पनि बिस्तारै खुल्ने मौसमविद् पौडेलले बनाए ।

अझै पनि नेपालमा मनसुन प्रवेश नगरेकाले कुनै ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्ने उनले जानकारी दिए । सामान्यतया जुन १० मा नेपालमा मनसुन भित्रनुपर्ने भए पनि यसवर्ष अझै केही दिन ढिलो हुने मौसमविद्ले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us