यातायात मन्त्रालयका उपसचिवको कर्तुतः ब्ल्याक मेल गर्दै छोरी बलात्कार !

काठमाण्डु टुडे २०७६ जेठ २८ गते १४:१३ मा प्रकाशित

काठमाण्डु, २८ जेठ – ललितपुरमा आफ्नै छोरी जर्बजस्ती गर्न खाेज्ने बाबु पक्राउ परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादवले आफ्नै १८ वर्षीया छोरीलाई विगत ३–४ वर्षदेखि जर्बजस्ती करणी गर्दै आएको खुलेको छ ।

उनले छोरीलाई ब्यालकमेलिङ गर्दै करणी गरेको खुलेको हाे । उनले विदेशतिर बाबु–छोरीले सम्पर्क राख्ने गरेको बताउँदै जर्बजस्ती गर्दै आएका थिए ।

यादवले श्रीमती नभएको मौका पारेर कक्षा १२ मा पढ्ने छोरीलाई आफ्नै घरमा बलात्कार गर्दै आएका थिए । पक्राउ परेका यादवबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यादवकी छोरी कलेजका शिक्षकसँग प्रेम सम्बन्धमा थिइन् । प्रेमीकै दबाबमा यादवकी छोरीले बाबुविरुद्ध जाहेरी दिएकी थिइन् । यो विषय श्रीमतीलाई पनि थाहा थियो तर, उनले बेइज्जती हुने डरले घटना गुपचुप रोखेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ । महोत्तरी सोनमा वाविस–घर भएका यादवको हाल ललितपुर धोविघाटमा पनि घर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us