नारायणीमा डुबेर एक युवक बेपत्ता

काठमाण्डु टुडे २०७६ जेठ १४ गते १०:१५ मा प्रकाशित

चितवन, १४ जेठ – नारायणी नदीमा डुबेर चितवनमा एक युवक बेपत्ता भएका छन् ।

भरपुर महानगरपालिका–११ का २१ वर्षीय गोपाल मगर नदीमा पौडी खेल्ने क्रममा सोमबारदेखि वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पौडी खेल्नेक्रममा मगर भरतपुर–१ बागेश्वरी मन्दिर नजिकैबाट सोमबार दिउँसो बेपत्ता भएका हुन् ।

नदीमा उनी बगेको देखेपछि स्थानीयले प्रहरीलाई खरब गरेका थिए । तर, दिनभर खोजी गरे पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us