जापानमा स्कुले बालबालिकामाथि अन्धाधुन्द चक्कू आक्रमण

काठमाण्डु टुडे २०७६ जेठ १४ गते १०:०७ मा प्रकाशित

टोकियो, १४ जेठ – बस पर्खेर बसेका स्कुले बालबालिकालाई मंगलबार जापानको शहर कावासाकीमा एक मानिसले अन्धाधुन्द चक्कू आक्रमण गरेको छ ।

सो आक्रमणबाट कम्तिमा १६ जना घाइते भएका छन् । प्रहरीले दुई जनाको मृत्यु भएको र मारिनेमा एक जना बालिका पनि भएको जनाएको छ ।

सो आक्रमणकारीले अन्त्यमा आफ्नै घाँटीमा चक्कू हानेको थियो । उसलाई प्रहरीले पक्राउ गरेको थियो तर चोटका कारण उसको मृत्यु भएको जनाइएको छ । उसले किन बालबालिकालाई आक्रमण गरेको थियो भन्ने कुरा खुलेको छैन ।

जापान विश्वकै कम संख्यामा हिंस्रक घटना हुने मुलुकका रुपमा चिनिने गरेपनि पछिल्ला समयमा भने यस्ता घटना छिटपुट रुपमा भइरहेको बीबीसीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us