विप्लवसँग हतियारधारी सेना मात्र चार कम्पनी !

काठमाण्डु टुडे २०७६ जेठ १३ गते २१:५२ मा प्रकाशित

काठमाण्डु, १३ जेठ– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सशक्त सैन्य संगठन निर्माण गरिसकेको खुलासा भएको छ ।


गृहमन्त्री रामबहादुर थापा बादलले नै विप्लवसँग चार कम्पनी सेना रहेको स्वीकार गरे । प्रतिनिधिसभाको सोमबारको बैठकमा गृहमन्त्री थापाले विप्लवले जनसरकारका रुपमा जनपरिषद र चार कम्पनी सेना निर्माण गरेको बताए । ‘नेकपा नाम गरेको विप्लव समूहले जनसरकार भन्दै जनपरिषद नामको संयन्त्र र चार कम्पनी सेना निर्माण गरेको छ’, बादलले भने । गृहमन्त्रीले काठमाण्डु उपत्यका विप्लव समूहको मुख्य निशानामा रहेको बताए । विप्लव समूह सुरक्षाका लागि चुनौती बनेको भन्दै उनले सरकार उक्त समूहका गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न सक्षम रहेको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us