मोदी भेट्न दिल्ली जाने भए केपी ओली

काठमाण्डु टुडे २०७६ जेठ १३ गते २१:४० मा प्रकाशित

काठमाण्डु, १३ जेठ– लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदै बधाई दिएकामा आलोचित बनेका प्रधानमन्त्री केपी ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोश्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने भएका छन् ।

मोदीले आफ्नो सपथमा सार्क र विम्स्टेक राष्ट्रका सरकार प्रमुखलाई निम्त्याउने भएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई मोदीको सपथको निम्तो प्राप्त भइसकेको छ । ओली मोदीको सपथमा जाने तयारीमा जुटिसकेको बालुवाटार स्रोतले जनायो । यद्यपि औपचारिक निमन्त्रणा आउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सन् २०१४ मा मोदीको पहिलो कार्यकालको सपथ ग्रहणमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us