काठमाण्डु बम बिस्फोटमा ज्यान गुमाउनेको पहिचान खुल्यो(नामसहित)

काठमाण्डु टुडे २०७६ जेठ १३ गते १७:२२ मा प्रकाशित

काठमाण्डु, १३ जेठ – काठमाण्डुको सुकेधारामा भएको विस्फोटमा मृत्यु हुनेहरुको पहिचान खुलेको छ ।

आयतबार साँझ सुकेधारास्थित ढलानपुल नजिकै जितकुमार ठाकुरको सैलुनमा आइतबार दिउँसो विस्फोट भएको थियो । पुरानो टिनले छाएको पसलमा भएको विस्फोटमा तीनजनाको मृत्यु भएको थियो । एकजनाको घटनास्थल र दुईजनाको उपचारका क्रममा ओम अस्पतालमा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा कालिकोट घर भएका विभुराम विक भन्ने दिपेन विक, अर्का वर्ष ४०–४५ का निरन्तर मल्ल र दाङ बबही गाउँपालिका ३ का गोकुल रानामगर रहेको प्रहरीले जानकारी गराएको छ । उक्त विस्फोटमा घाइते भएका चारजनामध्ये तीनजनाको ओम अस्पताल र एकजनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी हरि खड्का, सुरेन्द्र महर्जन, सैलुन पसलमा काम गर्ने छोटु ठाकुर घाइते भएका छन् । घाइतेमध्ये एकजनाको नाम खुल्न सकेको छैन ।

घट्टेकुलोमा भएको विस्फोटमा भने प्रज्वल शाहीको मृत्यु भएको थियो भने रुकुम सानोभेरीका रवीन केसी घाइते भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us