
काठमाण्डु, १३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतवार साँझ राजधानीमा भएको शृंखलावद्ध विस्फोटले सुरक्षा निकायमाथि प्रश्न उठेको बताएको छ ।
सोमवार संसदमा बोल्दै नेपाली कांग्रेसकी नेतृ सुजाता परियारले सरकारले झूटो आश्वासन मात्र दिएको टिप्पणी गरिन् ।
‘गृह प्रशासन के हेरेर बसिरहेको छ ?,’ परियारले प्रश्न गरिन्, ‘सरकारले सुरक्षा दिन सकेको छैन । झूटो आश्वासन मात्र दिएको छ र त्यसैलाई सुरक्षा मजबुत भएको भनेर भन्न मिल्छ ?’
आइतवार साँझ राजधानीमा विप्लव समूहले गराएको शृंखलाबद्ध विस्फोटमा ४ जनाको मृत्यु भएको थियो भने ८ जनाभन्दा बढी घाइते भएका थिए ।