हरिपुर नगरपालिकामा बम बिस्फोट

काठमाण्डु टुडे २०७६ जेठ १३ गते ११:२१ मा प्रकाशित

सर्लाही, १३ जेठ – विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा आल्मुनियम बम विस्फोट गराएका छन् ।

आइतबार राति ११ बजे कार्यालयको बाहिरी पर्खालमा बम विस्फोट गराइएको हो । विस्फोटका कारण चार मिटर पर्खाल भत्किनुका साथै कार्यालयको तीनवटा झ्यालको सिसा फुटेको नगर प्रमुख जमरुद्दिन मन्सुरले जानकारी दिए ।

विप्लव नेतृत्वको माओवादीले सोमबारको बन्दलाई लक्षित गर्दै बम विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us