भक्तपुरमा बम जस्तो वस्तु भेटियो

काठमाण्डु टुडे २०७६ जेठ १३ गते १०:२५ मा प्रकाशित

काठमाण्डु, १३ जेठ – नेपाल बन्दको दिन बिहानै भक्तपुरको च्यामासिंहमा शंकास्पद बस्तु फेला परेको छ । च्यामासिंहस्थित मालपोत कार्यालय नजिकै सोमबार बिहान पौने ३ बजेतिर प्रहरीको मोबाइल टोलीले शंकास्पद बस्तु फेला पारेको हो ।

सेतो रंगको झोलामा पोको पारिएको अवस्थामा रहेको शंकास्पद बस्तु निष्क्रिय पारिएको छ । विप्लवको बन्द असफल पार्न सुरक्षाकर्मीले जनशक्ति थपरे हाइ अलर्टमा रहेको उपत्यकाका सुरक्षा निकाय प्रमुखले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us