पार्टीमा गुट उपगुट बढ्यो–नेत्री कोइराला

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते १३:१३ मा प्रकाशित

इटहरी, ३ वैशाख – नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पछिल्लो समयमा नेपाली काँग्रेस विभिन्न गुट र उपगुटमा विभाजित बन्न पुगेकाले पार्टी गम्भीर समस्याबाट गुज्रिन बाध्य भइरहेको बताएकी छिन् ।

नेपाल निजामती कर्मचारी युनियन सुनसरीको इनरुवामा आयोजित छैठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीलाई एकजुट बनाउन गुट उपगुट बनाउनेलाई चिरेर पार्टी सुदृढ र एकताबद्ध बनाउन नसके नेपाली काँग्रेस ध्वस्त हुनसक्ने चेतावनी दिईन ।

नेत्री कोइरालाले साना कुरालाई लिएर झै–झगडा गर्न नहुने उल्लेख गर्दै आपसी मतभेद्ले गर्दा ठूला कुरामा काँग्रेसको नेतृत्व चुकिरहेकाले अब नेतृत्वलाई सचेत तुल्याउने कार्यमा सबै लाग्नुपर्नेमा जोड दिइन ।

सोही अवसरमा सभासद् कमला पन्तले लोकतन्त्रको संस्थागत विकासका लागि स्थानीय निकायमा जनप्रतिनिधि हुनु अनिवार्य भएकाले चाँडोभन्दा चाँडो स्थानीय निकायको निर्वाचन गराउन राजनीतिक दलहरूले खुट्टा कमाउन नहुने बताउनुभयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us