
एजेन्सी – भारतमा आजदेखि लोकसभा चुनावको मत गणना भइराखेको छ । २९ प्रदेशमध्ये सात प्रदेशमा मात्रै राहुल गान्धी कांग्रेस नेतृत्वको गठवन्धन अगाडि छ ।
तामिलनाडु प्रदेशका ३९ सिटमध्ये अहिलेसम्म १६ सिटका मतगणना भइराखेका छन् । जहाँ १५ सिट कांग्रेस अगाडि छ भने १ सिटमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी नेतृत्वको एनडिएको अग्रता छ ।
केरला प्रदेशका २० सिटमा १९ सिटको मतगणना भएको छ भने एक सिटको गन्न सुरु नै गरिएको छैन । १६ सिटमा कांग्रेस अगाडि छ भने ३ सिटमा अन्य पार्टीहरु अघि छन् ।
लावस्कादीप प्रदेशको एक सिटमा कांग्रेस अगाडि छ । मेघालयको दुई सिटमा एक सिट कांग्रेस र एक सिट अन्य पार्टीले अग्रता लिएका छन् ।
पाण्डुचेरी प्रदेशका १ सिटमा कांग्रेस लिड गरेको छ भने १३ सिट रहेको पञ्जाबमा ८ सिटमा कांग्रेस, चार सिटमा भाजपा गठबन्धन र एक सिटमा अन्य अघि रहेको टाइम्सअफ इन्डियाले जनाएको छ ।