
काठमाण्डु,३ बैशाख – निर्वाचन आयोगले उप – निर्वाचनका लागि उमेद्वारी दर्ताको समय तोकेको छ । आगामी असार ८ गते हुने उप – निर्वाचनका लागि आयोगले जेठ ११ गतेका लागि उमेद्वारी दर्ताको समय तोकेको छ ।
निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार जेठ १५ गते उमेद्वारको सूची प्रकाशित गर्ने, १६ गते उमेद्वारी फिर्ताको समय छ । १७ गते अन्तिम नामावली प्रकाशित र १८ गते चुनाव चिन्ह प्रदान गरिने छ ।
काठमाण्डुको क्षेत्र नम्बर २, बर्दियाको १, चितवनको ४ र कैलालीको क्षेत्र नम्बर ६ मा उप-निर्वाचन हुदैँछ । मतदानको समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।