अरुणाञ्चल प्रदेशमा उग्रपन्थी आक्रमण, विधायकसहित ११ जनाको मृत्यु

काठमाण्डु टुडे २०७६ जेठ ८ गते ११:२१ मा प्रकाशित

अरुणाञ्चल, ८ जेठ – लोकसभा निर्वाचनको परिणाम घोषणा हुनु एक दिन अघि भारतको अरुणाञ्चल प्रदेशमा उग्रपन्थी आक्रमणमा एक जना विधायकसहित ११ जनाको मृत्यु भएको छ ।

अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा मंगलबार भएको एम्बुस आक्रमणमा नेशनल पिपुल्स पार्टी (एनपीपी) का विधायक तिरोङ अबोसहित ११ जनाको ज्यान गएको द हिन्दु दैनिकले जनाएको छ ।

तिरोङ अबो मेघालयका मुख्यमन्त्री कानराड संगमाको पार्टीका विधायक हुन् । विधायक तिरोङ परिवारसहित असमबाट अरुणाञ्चल जाँदै गरेको बेला आक्रमणमा परि उनका छोराको पनि ज्यान गएको छ ।

खोनसा–देओमाली सडकमा भएको विस्फोटमा दुईजना सुरक्षाकर्मीको पनि ज्यान गएको छ । बुधबार बिहानसम्म आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us