
चितवन, ३ बैशाख । सशस्त्र प्रहरीले चितवनको टिकौली जंगलमा लुकाइराखेको ३ वटा पेस्तोल बरामद गरेको छ । सशस्त्र प्रहरी बल गढीमाई गण भण्डारा चितवनबाट खटिएको एपीएफ टोलीले रत्ननगर नगरपालिका ७ स्थित टिकौलीबाट तीन वटा कटुवा पेस्तोल बरामद गरेको हो । झाडीमा लुकाइराखेको अवस्थामा ति हतियार फेला पारिएको डिएसपी अजय छतकुलीले जानकारी दिए ।