
काठमाण्डु,२४ बैशाख – काठमाण्डुको बागबजारमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
शनिबार २३ वर्षीया श्रीमती निर्मला नेपालको हत्याको आरोपमा काभ्रे भुम्लु घर भएका २७ वर्षीय पुष्कर भनिने राजकुमार पहरीलाई प्रहरीले पक्राउ गरेको हो । राजकुमारले निर्मलाको कपाल समातेर पलङमा पछार्दा निर्मलाको मृत्यु भएको थियो ।
बैशाख २१ गते साँझ नै निर्मलाको मृत्यु भएपनि राजकुमारले घटना गुपचुप नै राखेका थिए । तर आफू अपराधबाट छिप्न नसक्ने भएपछि राजकुमारले वैशाख २३ गते बिहान मात्रै निर्मलाको मृत्यु भएकोबारे आफन्तलाई जानकारी गराएका थिए ।
कोठामा निर्मलाको मृत शव फेला पारेपछि प्रहरीले राजकुमारलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।