
एजेन्सी – सन् २०१७ को डिसेम्बरमा सरकारी गोपनीय कागजात गैरकानूनी रुपमा बाहिर ल्याएको आरोपमा म्यानमारमा पक्राउ परेका रोयटर्स समाचार समितिका दुई पत्रकारलाई रिहा गरिएको छ ।
ती पत्रकारहरु ५ सय दिनभन्दा बढी जेलमा बसेर रिहा भएका हुन् । पत्रकार वा लोन र क्याव सोए ओओ म्यानमारकै नागरिक हुन् ।
उनीहरुले म्यानमारमा रोहिंग्या मुसलमान समुदायमाथि भएको सरकारी दमन र बुद्धिष्ट समुदायको हेपाइविरुद्धको रिपोर्टिङ गरेका थिए ।
उनीहरुलाई सन् २०१८ को सेप्टेम्बरमा सात वर्ष कैदको सजाय सुनाइएको थियो । यद्यपी म्यानमारमा ६ हजार ५२० कैदीलाई रिहा गर्नेक्रममा ती दुई पत्रकार रिहा भएका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
म्यानमारको परम्परागत नयाँ वर्षको उपलक्षमा गत महिनादेखि २३ हजार १९ जना कैदीलाई रिहा गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।