उच्च अदालतका कर्मचारी तीन लाख घुससहित पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते ११:२६ मा प्रकाशित

काठमाण्डु, २२ बैशाख – घुस लिँदै गरेका उच्च अदालत तुलसीपुरका टाइपिस्ट पक्राउ परेका छन् ।

अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै घुसबापतको तीन लाख रुपैयाँ लिइरहेको अवस्थामा नायव सुब्बा कृष्णकुमार पाठकलाई अख्तियारले रङ्गेहात पक्राउ गरिएको अख्तियाले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले घुस बुझिसकेको अवस्थामा श्री लयर्स च्याम्बरबाट उनलाई पक्राउगरि थप अनुसन्धान अगाडि बढाएको अख्तियाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us