खुला सदस्य सहित पत्रकार महासंघको विधान संशोधन गर्न माग

काठमाण्डु टुडे २०७१ वैशाख २ गते ४:४२ मा प्रकाशित

fnj logoकाठमाण्डू २ बैशाख –नेपाल पत्रकार महासंघको विधानमा खुला सदस्य सहित संशोधन प्रस्ताव पारित गरी कार्यान्वयन गर्ने प्रतिवद्धतालाई परिणाममुखी बनाउने वातावरण बनाउन सभासदहरुले माग गरेका छन ।

विधान संशोधन पत्रकार महासंघलाई ध्यानाकर्षण पत्र बुझाउँदै केही सभासदले अघिल्लो महाधिवेशनले म्याण्डेट र पोखरामा पेश भएको विधान संसशेधन प्रस्तावलाई सर्वसम्मत रुपमा आगामी महाधिवेशनबाट पारित गरी यसैपटकबाट कार्यान्वयन गर्न पत्रकार महासंघले संस्थागत छलफल गर्नुपर्ने माग पनि गरेका छन ।

सहमति नभए प्रकृयाबाटै अघि बढ्ने वैैधानिक आधार भएकोले त्यसका लागि सक्रिय हुनुपर्ने भन्दै ध्यानाकर्षणपत्रमा खुला केन्द्रीय सदस्यको व्यवस्था सहित विधान संसोधनबारे विभिन्न संगठनले जनाएको प्रतिवद्धता सकारात्मक भएको उल्लेख छ ।

अघिल्लो महाधिवेशनमा हलले दिएको म्याण्डेट र साधारण सभामा लिखित रुपमा दिएको निवेदन लगायत सबै प्रकृया भएपनि अहिले केही व्यक्तिले विधान संशोधनका विषयमा वैधानिकताको प्रश्न उठाउन खोज्नु हाँस्यास्पद र शंकास्पद भएकोले सचेत हुन पनि आम पत्रकार तथा केन्द्रीय सभासदहरुलाइ आग्रह गरिएको छ ।

सभासदहरु रामकृष्ण भण्डारी, दीपेन्द्र कुँवर, रोशन खड्का, योगेश ढकाल, लक्की चौधरी, माधव दुलाल, भगवान भण्डारी, अनिल थापा र मधुसुदन पन्थी सूर्र्यकुमार क्षेत्री लगायतले बुझाएको ध्यानाकर्षण पत्रमा नेपाल पत्रकार महासंघलाई श्रमजीवी र पेशाकर्मी पत्रकारको हकहितमा काम गर्न थप पेशागत बनाउनुपर्नेमा जोडदिइएको छ ।

नेपाल पत्रकार महासंघमा विधिवत दर्ता गरिएको पत्रमा राजु तिमल्सिना, विपी गौतम, किशोर पौडेल, सुनील दाहाल,कमल पराजुली, हरि बाँस्तोला र बाबुराजा महर्जन लगायतले हस्ताक्षर गर्नुभएकोछ । श्रमजीवी पत्रकारको हकहित र विगतमा महाधिवेशन तथा साधारणसभाका निणर्यहरुलाइ कार्यान्वयनमा लैजान नेपाल पत्रकार महासंघलाई दवाव दिने उद्देश्यले ध्यानाकर्षणपत्र दर्ता गरिएको केन्द्रीय सभासद रामकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघको २४ औ महाधिवेशन आगामी बैशाख २० र २१ गते राजधानीमा हुदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us