अर्थमन्त्री खतिवडा फिजी प्रस्थान

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते १४:१७ मा प्रकाशित

काठमाण्डु, १७ बैशाख – अर्थमन्त्री डा. युवराज खतिवडा एसियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२औं वार्षिक बैठकमा भाग लिन आज फिजीतर्फ प्रस्थान गरेका छन् ।

आगामी मे ०२–०५ सम्म फिजीको नादीमा आयोजना हुने बैठकमा मन्त्री खतिवडाले नेपालको गभर्नरको रुपमा वार्षिक बैठकका विषयसूचीमा धारणा राख्न त्यसतर्फ गएका हुन् ।

अर्थमन्त्रीका सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री खतिवडाले एसियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एसियाका महानिर्देशक, युरोपियन लगानी बैंक, ओफिडलगायतका वित्तीय संस्थाहरुका उच्चपदस्थ प्रतिनिधिहरुसँग महत्वपूर्ण छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

दक्षिण एसियाली क्षेत्रिय सहयोग (सार्क) अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकलाई अध्यक्षता गर्दै सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सार्क विकास कोषको गभर्निङ काउन्सिलको बैठकमा समेत उनी सहभागी हुनेछन् ।

बैठकमा सहभागी हुन अर्थमन्त्रीसहित अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख पनि फिजी प्रस्थान गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री खतिवडा २१ गते साँझ स्वदेश फर्किने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us