विवाह गर्ने झुठो आश्वासनमा राखिने यौन सम्पर्क बलात्कार

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते ७:३० मा प्रकाशित

काठमाण्डु, १५ वैशाख– यदि कुनै पुरुषले एक महिलासँग विवाह गर्छु भनी फकाएर यौनसम्पर्क गरी वाचा पूरा गरेनन् भने के त्यस्तो यौन सम्बन्धलाई बलात्कार मान्न सकिन्छ भन्ने प्रश्नको जवाफ भारतको सर्वोच्च अदालतले हालै दिएको छ ।

अदालतले यस्तो कार्यलाई बलात्कार नै ठहर गरेको छ । भारतको केन्द्रीय राज्य छत्तिसगढमा एकजना डाक्टरलाई लगाइएको अभियोगको सुनुवाई गर्दै अदालतले यस्तो निर्णय दिएको हो ।  ती अभियुक्त डाक्टरले ‘विवाह गर्छु’ भन्दै एकजना महिलासँग सहमतिमा यौन सम्पर्क गरेका थिए । तर पछि उनले अर्कै महिलासँग विवाह गरेपछि उनीविरुद्ध पहिलो महिलाले मुद्दा दायर गरेकी थिइन् ।
नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us