देशभर नेता थप्दै नेकपा

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते ६:३६ मा प्रकाशित

काठमाण्डु, १५ वैशाख– नेकपाले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । प्रदेश कमिटीमा इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव गरी चार जनाका दरले २८ जना पदाधिकारी छन् ।

केन्द्रीय सदस्यको कार्य विभाजनका क्रममा सातै प्रदेशमा सह–इन्चार्जको संख्या थप्ने तयारी नेकपाको छ । स्रोतका अनुसार एउटा प्रदेशमा दुईदेखि चारसम्म सह–इन्चार्ज थपिँदै छ । सबैभन्दा बढी सह–इन्चार्ज प्रदेश ३ मा थपिनेछ । प्रदेश तीनमा कम्तीमा चार सह–इन्चार्ज थपिँदै छन् । प्रदेश १ मा सावित्रीकुमार काफ्ले, २ मा विश्वनाथ शाह, ३ मा हितबहादुर तामाङ, गण्डकीमा खगराज अधिकारी, ५ मा दलबहादर राना, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लक्ष्मण जोशी सह–इन्चार्ज छन् । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us