किन खोपियो मुसलमान कैदीको शरीरमा जबर्जस्ती ‘ॐ’ ?

काठमाण्डु टुडे २०७६ वैशाख ७ गते १२:५३ मा प्रकाशित

एजेन्सी – भारतमा एक मुसलमान कैदीको शरीरमा जबर्जस्ती हिन्दु धर्मको प्रतिक ‘ऊँ’ खोपिएको छ ।

दिल्लीस्थित तिहाड जेलमा जेलका निरीक्षकले ती कैदीको शरीरमा जबर्जस्ती ‘ऊँ’ खोपेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

नब्बीर नामक कैदीमाथि तातो धातुले पोलिएको जनाइएको छ । उनलाई पेटभर खाना समेत नदिएको जनाइएको छ।

उनलाई मुसलमान धर्म परिवर्तन गरेर हिन्दु हुनका लागि धम्की दिइएको जनाइएको छ । नब्बीर सन् २०१६ देखि तिहाडको जेलमा कैदी जीवन विताइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us