दिल्लीबाट नेपाल आएको पर्यटक बसमा जाँच गर्दा…

काठमाण्डु टुडे २०७६ वैशाख ७ गते १२:१५ मा प्रकाशित

धनगढी, ७ बैशाख – भारतको नयाँ दिल्लीबाट काठमाण्डु आउँदै गरेको बसमा ठूलो मात्रामा बिष्फोटक पदार्थ भेटिएको छ ।

file photo

सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२ः४५ बजेतिर ना५ख ७२४५ नम्बरको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद गरेको हो ।

बसबाट बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका सामाग्रीहरु बरामद भएको बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक ९डिएसपी० नेत्र केसीले जानकारी दिए ।

सशस्त्र प्रहरी बलका डिएसपी केसीले बसबाट बरामद गरिएका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाउने तयारी गरिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us