वरिष्ठ पत्रकार श्रेष्ठको निधनमा देउवाद्वारा दुःख व्यक्त

काठमाण्डु टुडे २०७६ वैशाख ४ गते १६:५९ मा प्रकाशित

काठमाण्डु, ४ बैशाख – पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल समाचारपत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

कामना प्रकाशनका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठको ६० वर्षको उमेरमा बुधवार बिहान काठमाण्डुको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सभापति देउवाले बुधवार एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि पत्रकारिताको क्षेत्रमा संलग्न श्रेष्ठको निधनले सिंगोे सञ्चार जगतमा अपूरणीय क्षति पुगेको जनाएका छन् ।

‘नेपाल समाचारपत्रका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनको समाचारले मलाई स्तब्ध र दुखित बनाएको छ । स्वर्गीय श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा सक्रिय योगदान पुर्याउनु भएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा प्रधान सम्पादक श्रेष्ठको निधनबाट सञ्चार क्षेत्रले एक कुशल व्यक्तित्वलाई गुमाएको तथा र यस क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us