
काठमाण्डु, १२ चैत्र – गायक डा. बिक्रान्त मेहता र मेलिना राईको स्वर रहेको ‘नक्कले मोरा’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक मेहता र एलिशा राई फिचरिङमा छन् । राजिब समरको कोरियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।