सरकारको कामबारे टिप्पणी गर्ने बेला भएको छैन: काँग्रेस

काठमाण्डु टुडे २०७० चैत २३ गते ११:३६ मा प्रकाशित

काठमाण्डु, २३ चैत– नेपाली काँग्रेसले आफ्ना सभापति सुशील कोइराला नेतृत्वको सरकारको कामकारबाहीलाई लिएर टिकाटिप्पणी गर्ने बेला भइनसकेको Ramchandra-Paudelबताएको छ ।
कामकारबाही प्रभावकारी नभएको र जनजीवनमा प्रत्यक्ष प्रभाव पर्ने गरी दैनिक उपभोग्य बस्तुमा मूल्य वृद्धि गरेको भन्दै पार्टीभित्रैबाट सरकारको आलोचना हुन थालेपछि काँग्रेसले यस्तो बताएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गरी उपसभापति रामचन्द्र पौडेलले गठन भएको एक सय दिन पनि नपुगेकाले सरकारको आलोचना गर्ने बेला नभएको बताए ।

‘सरकारले हनिमुनसमेत मनाउन नपाएकाले आलोचना गर्ने बेला भएको छैन’, पौडेलले भने, ‘हतारमा टिकाटिप्पणी गर्नु राम्रो होइन ।’ अर्को एक फरक प्रसंगमा पौडेलले काँग्रेस जनजागरण आन्दोलन लिएर गाउँ पसेको बताए ।

अभियानका क्रममा आफूहरु पुगेका गाउँका जनताले स्थानीय निकायको निर्वाचन तत्काल गराउन माग गरेको नको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us