भारतीय आम चुनावमा २० प्रतिशत मतदाता नयाँं

काठमाण्डु टुडे २०७० चैत २२ गते ३:४५ मा प्रकाशित

काठमाण्डु २२ चैत–आफूलाई संसारको सबै भन्दा लोकतान्त्रिक मुलुक दावी गर्ने नेपालको दक्षिणी छिमेकी भारतमा सोमबारदेखि १६ औ आम निर्वाचन हुँंदैछ । भारतीय निर्वाचनमा २० प्रतिशत मतदाता नयाँं अनुहारका छन । भारतीय निर्वाचनका लागि ६ वटा राष्ट्रिय पार्टीले संकलन गरेको रकम मध्ये ७५ प्रतिशत नखुलेको स्रोतबाट आएको बिबिसीले जनाएको छ । voting
आगामी मे १२ सम्म हुने आम निर्वाचनका लागि ८१ करोड ४० लाख मतदाताले नाम दर्ता गराएका छन । बिबिसीका अनुसार पछिल्ला ६ वटा अमेरिकी निर्वाचनका कुल मतदाता भन्दा धेरै भारतीयले यस पटक चुनावमा मतदान गर्नेछन । पछिल्लो संसदीय निर्वाचनपछिको पाँच बर्षमा १० करोड बढी मतदाताले नाम दर्ता गराएको पनि बिबिसीले जनाएको छ । जुन संख्या फिलिपिन्सको जनसंख्या भन्दा धेरै हो ।
कमजोर अर्थतन्त्र,चर्को महंगी,श्रृङखलाबद्ध भ्रष्टाचारकाण्ड र कमजोर सरकारका कारण काँग्रेसले एक सय सिट भन्दा कम सिट जित्ने बिश्लेषण हुन थालेको छ । हाल काँग्रेसको दुई सय ६ सिट छ । हाल भारतीय संसदमा ३९ वटा पार्टी छन ।
भारतमा २५ बर्षदेखि कुनै पनि दलले बहुमत ल्याउन सकेको छैन । सन १९५२ को आम निर्वाचनमा भारतमा एउटा क्षेत्रमा औसतमा चार दशमलव ६७ जना उम्मेदवार थिए भने सन २००९ मा त्यो संख्या १० पुगेको थियो ।
भारतीय जनता पार्टीका तर्फबाट चुनावको नेतृत्व नरेन्द्र मोदीले गरेका छन भने काँंग्रेस आईका तर्फबाट सोनिया गान्धी पुत्र राहुल गान्धीले गरिरहेका छन । राहुलको भन्दा मोदीको चुनावी अभियान आक्रामक देखिदै आएको छ । भारतको कुल जनसंख्या मध्ये १३ प्रतिशत हिस्सा ओगटने मुसलमान समुदायले मोदीका पक्षमा मतदान नगर्ने अनुमान गरिएको छ । मोदीलाई कट्टर राष्ट्रवादीको रुपमा लिइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us