म्याग्दीमा अनौठो सर्प देखियो

काठमाण्डु टुडे २०७० चैत १७ गते ८:३२ मा प्रकाशित

म्याग्दी, १७ चैत – राखु पिप्ले–४ रानीपौवामा अनौठो किसिमको सर्प देखिएको छ ।

रानीपौवाकी कमला कार्कीको घरमा सात दिनअघि देखापरेको उक्त सर्पले कसैलाई पनि नडस्ने र दूध मात्रै खाने गरेपछि स्थानीयवासी आश्चर्यमा परेका छन् ।

घरभित्र देखिएको उक्त सर्प एकै ठाउँमा बसिरहेको र कसैलाई पनि नडस्ने गरेपछि गाउँलेले अनौठो मानेको स्थानीयवासी युवा अमृत कार्कीले जानकारी दिए ।

यसबारे स्थानीय ज्योतिषीलाई सोध्दा सर्प देखिएको नौ दिनको दिन नागपूजा गरेमा घरमा कुनै अनिष्ट नहुने र सर्पले घर छाड्ने बताएको घरधनी कमला कार्कीले बताईन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us