
काठमाण्डु, १६ चैत – नेपाल विद्यार्थी संघको महाधिवेशन आगामा जेठमा हुने भएको छ ।
यसअघि पटक–पटक स्थगित हुँदै आएको महाधिवेशन आगामी जेठ २९ देखि ३१ गतेसम्म काठमाण्डुमा गर्ने निर्णय भएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
वैशाख १५ गतेसम्ममा उपत्यकाको क्याम्पसमा अधिवेशन गरिसक्ने, वैशाख १८ सम्मा जिल्ला अधिवेशन सम्पन्न गर्न पत्राचार गर्ने निर्णय भएको उनले बताए ।
४१ जिल्लाको अधिवेशन यसअघि नै भइसकेको छ । यसअघि बारम्बार स्थगित भएको महाधिवेशन अब भने निर्धारित मितिमै हुने लामिछानेको दावी छ ।