ओलीलाई भेट्न नेपाल दिल्ली प्रस्थान

काठमाण्डु टुडे २०७० चैत १६ गते ११:५७ मा प्रकाशित

madhav nepalकाठमाण्डु, १६ चैत – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उपचारका क्रममा दिल्लीमा रहेका नेता केपी शर्मा ओलीलाई भेट्न त्यसतर्फ लागेका छन् ।
नेपाल एयर इण्डियाको विमानमार्फत दिउँसो दिल्ली प्रस्थान गरेका हुन् । दिल्लीमा आराम गरिरहेका ओलीलाई भटेर उनी सोमबार स्वदेश फर्कने बताइएको छ ।

यसअघि गृहमन्त्री वामदेव गौतमसहितको एक टोलीले दिल्ली पुगेर ओलीलाई भेटेको थियो । ओली त्यहाँस्थित एक अपार्टमेन्टमा आराम गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us