
भैरहवा, १६ चैत – जिल्लाको मर्चवारस्थित रोहिणीहवा गाविस वडा नं ७ की १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गर्ने चार जना युवालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
चैत ९ गते साँझ सामूहिक बलात्कारमा परेकी ती युवतीको बयानका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका युवाहरु लुम्बिनी आदर्श गाविसका युवाहरु रहेको र उनीहरुलाई जबर्जस्ती करणी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
मटरकोसा टिप्न खेतमा गएका बेला युवाहरुले युवतीको मुख थुनेर जबर्जस्ती करणी गरेका थिए ।