बोगटी भन्छन्, ‘बहुलवाद होइन बहुदलीय प्रतिस्पर्धा स्विकारेको’

काठमाण्डु टुडे २०७० चैत १६ गते १३:४५ मा प्रकाशित

Post bogatiकाठमाण्डु, १६ चैत – एकीकृत माओवादीका नेता पोष्टबहादुर बोगटीले आफूहरुले बहुलवाद नभएर बहुदलीय प्रतिस्पर्धामात्रै स्विकारेको बताएका छन् ।

नेता गोपाल किराँतीद्वारा लिखित ‘राष्ट्रिय समाजवादी क्रान्तिको कार्यदिशा’ पुस्तक विमोचनका लागि पेरिसडाँडामा आयोजित कार्यक्रममा बोगटीले सो कुरा बताएका हुन् ।

साथै उनले एमालेको बहुदलीय जनवाद र आफूहरुले मान्ने २१ औं शताव्दीको जनवादमा फरक भएको बताए । एमाले र एमाओवादीको सिद्धान्तमा के फरक छ, भन्ने लेखक खगेन्द्र संग्रौलाको प्रश्नमा वोगटीले, ‘बहुदलीय जनवादले बर्गलाई छाडेको छ, २१ औं शताव्दीको जनवादले बर्गलाई छाडेको छैन,’ भन्ने जवाफ दिए ।

सो अवसरमा बोल्दै नेता गोपाल किराँतीले समाजवाद नमान्नेलाई नयाँ कार्यदिशा विकास गर्न चुनौती दिए । ‘कि त राष्ट्रिय समाजवादको कार्यदिशा सबैले मान्नु प¥यो, कि यो भन्दा राम्रो कार्यदिशा विकास गर्नुप¥यो, किराँतीले भने, ‘यो मेरो चुनौती भयो ।’

किराँतीको पुस्तक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमोचन गर्ने भनिए पनि प्रचण्डको अनुपस्थितिमा बोगटीले विमोचन गरे ।

पुस्तकमाथि खगेन्द्र संग्रौला, युग पाठक र भूपाल राई लगायतले टिप्पणी गरेका थिए । किराँतीले हेटौंडा महाधिवेशनले पारित गरेको कार्यदिशालाई व्याख्या गरेर पुस्तक तयार पारेका हुन् । यसले नेपाली क्रान्तिलाई अगाडि बढाउन मद्दत पुग्ने उनको विश्वास छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us