
कञ्चनपुर, १६ चैत – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको सुडा–१ मा आइतबार विपरीत दिशाबाट आउँदै गरेका मोटरसाइकल र दुग्ध विकास संस्थानको जिप एकापसमा ठोक्किँदा मोटरसाइकल चालक सुडा–४का प्रमोदसिंह साउदको घटनास्थलमै मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको से१ज४६१ नम्बरको दुग्ध विकास संस्थानको जिप र विपरीत दिशाबाट आउँदै गरेको म १ प८३३४ नम्बरको मोटरसाकल एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।
ठक्करपछि संस्थानको जिपमा सवार उमेशकुमार यादव र संस्थानका लेखापाल नरबहादुर कुँवर घाइते भएका छन् ।
त्यसैगरी मोटरसाइकलमा सवार सुडा–४ का पे्रम बोहरा घाइते भएका छन् । घाइतेमध्ये प्रेम र नरबहादुरको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारततर्फ लगिएको छ ।
अर्का घाइते उमेशको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।