
काठमाण्डु, १६ चैत –नेपालबाणी नेटवर्कका पूर्व कर्मचारीहरुको आन्दोलन दोश्रो दिन पनि जारी छ ।
कर्मचारीहरुको बक्यौता तलव भुक्तानी गर्नुपर्ने, जर्वजस्ती रुपमा निकालिएका कर्मचारीहरुलाई सम्मान तरिकाले पुर्नवहाली गर्नु पर्ने, कार्यरत कर्मचारीहरुलाई तुरुन्त नियुक्ति पत्र दिनुपर्ने माग सहित उनीहरु धर्ना बस्दै आएका छन् ।
पूर्व कर्मचारीहरुले शनिवार देखि नेटवर्कको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
प्रेस युनियनका केन्द्रिय महासचिव शिव लम्साल व्यवस्थापक तथा प्रशासन प्रमुख रहेको नेटवर्कवाट कर्मचारीहरुले करिव डेढ बर्ष अघिदेखिको तलव रकम पाएका छैनन् ।
तालाबन्दीका कारण शनिवार बिहान पाँच बजेदेखि नेपालबाणी नेटवर्कका सवै प्रसारण बन्द भएका छन् ।
आइतवार दिउँसो सम्म पनि समस्या समाधान नभए नयाँ ढंगवाट आन्दोलन अगाडि बढाउने सिन्धु ढकालले बताईन् ।
पूर्व कर्मचारीहरुको आन्दोलनमा बिभिन्न पत्रकार सम्बद्ध संघ संगठन र अखिल नेपाल क्रान्तिकारी संचार छापाखाना र प्रकाशन मजदुर संघले पनि ऐक्यबद्धता जनाएको छ ।