ट्याक्सी टुर्घटनामा ६ को मृत्यु

काठमाण्डु टुडे २०७० चैत १६ गते ३:०४ मा प्रकाशित

काठमाण्डु, १६ चैत –ट्याक्सी दुर्घटनामा ६ जनाको मृत्यु काठमाण्डुबाट बिराटनगर जादै गरेको ट्याक्सी कुलेखानी नजिक सिस्नेरीमा दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ ।

गएराती १० बजेतिर भएको दुर्घटनामा परी मृत्यु हुने मध्ये ४ जना बालबालिका रहेका छन् ।

मृत्यु हुने मध्ये खोटाङकी दुर्घाकुमारी घलेको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक मोरङका यज्ञप्रसाद पौडेल घाइते भएका छन् । उनको काठमाण्डौँको बिर अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us