
काठमाण्डु, १५ चैत – महानगरपालिका वडा नम्बर १४ खसी बजारका ज्ञानमणि नेपालको घरमा आगलागी भएको छ । आगलागीका कारण घरमा क्षेती पुगेको छ । सिलिण्डर ग्याँस पड्किदा आगलागी भएको नेपालले जानकारी दिए ।
नेपालको घरमा डेरा गरि बस्ने भारतीय नागरिक महादेव घुसले खाना बनाउन लाग्दा ग्यास पड्किएको थियो । घुस जुत्ता व्यापारी हुन् । घुसले घरको माथिल्लो तलमा जुत्ता बनाउन प्रयोग गरिने डेन्ड्राई र पीन नामक केमिकलको गोदाम राखेका थिए ।
आगो नेपाली सेना, नेपाल प्रहरी, दमकल र स्थानीयबासीको संयुक्त पहलमा नियन्त्रणमा लिइएको थियो । विहान साँढे ८ बजेबाट सुरु भएको आगो नियन्त्रणका लागि ३ वटा दमकल प्रयोग गरिएको थियो ।