श्रीमतिको हत्यापछि आत्महत्या

काठमाण्डु टुडे २०७० चैत १५ गते ३:११ मा प्रकाशित

काठमाण्डु, १५ चैत –मोरङको टाँडीमा गएराति एक व्यक्तिले श्रीमतीको हत्या गरि आफैलाई खुकुरी प्रहार गरि आत्महत्या गरेका छन् । कुमार लिम्बुले ३२ बर्षिया श्रीमती पुष्पा लिम्बुलाई सुतिरहेको अवस्थामा पेटमा खुकुरी प्रहार गरि गम्भिर घाईते बनाएका थिए । गम्भिर घाईते पुष्पाको उपचारको लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । त्यस्तै आफ्नै पेटमा खुकुरी प्रहार गरि गम्भिर घाईते भएका लिम्बुको उपचारको क्रममो मृत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us