नेपालमा धरपकड नरोकेमा प्रवासमा बिरोध हुने

काठमाण्डु टुडे २०७० चैत १४ गते १८:३० मा प्रकाशित

बेल्जियम १५ चैत–जनप्रगतिशिल मञ्च बेल्जियमले एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीका नेता कार्यकर्ता माथिको दमन धरपकड तत्काल नरोकेमा प्रवासमा बिरोध कार्यक्रम गर्ने घोषणा गरेको छ ।

मञ्चको हालै बसेको बैठकले जनबिरोधी हर्कत तत्काल रोकेर सत्य निरुपण तथा वेपत्ता छानवीन आयोग गठन गर्न माग गरेको छ । जनयुकालीन मुद्दा बिउँत्याएर एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीका नेता कार्यकर्ता माथि थालेको धरपकडको निन्दा र भत्र्सना गर्दै आयोग गठन गर्न माग गरेको छ । बिस्तृत शान्ति सम्झौता र अन्तरिम संबिधानको मर्म र भावना बिपरित जनयुद्धकालीन मुद्दा बिउँत्याउनुलाई चित्र सुवेदीको अध्यक्षतामा बसेको बैठकले षडयन्त्रको संज्ञा दिएको छ ।
बैठकले आगामी मे १ गतेका दिन अन्तराष्ट्रिय मजदुर दिवसमा सहभागीताका लागि मञ्चका सबै सदस्य,शुभचिन्तक,समर्थकहरुलाई अपिल गरेको छ । आन्तवयरपेन शहरको एक हलमा सो कार्यक्रमलाई भव्यतापूर्वक मनाउने निर्णय पनि मञ्चले गरेको छ ।

बैठकले कार्यक्रम भव्य रुपमा सफल पार्नका लागि प्रचार प्रसार समितिमा  चित्र सुवेदी संयोजक रहने गरी मञ्चका कार्य समितिका सबै पदाधिकारी, सदस्यहरु र सल्लाहकार समितिका सदस्यहरु छन् व्यवस्था गरेको छ भने व्यवस्थापन समितिमा पवन सुवेदीको संयोजकत्वमा रमेश कार्की, प्रकाश पौडेल,रश्मी न्यौपाने, ख्याम न्यौपाने,परशुराम रेग्मी, लोक दहाल,विष्णु शेरचन, सुदेशमणी पोखरेल, देवेन्द्र पौडेल,श्याम श्रेष्ठ र आर्थिक समितिमा कृष्ण पौडेलको संयोजकत्वमा टिका पौडेल, होम गुरुङ्ग, भिम सुवेदी, कमल भारती, हरि पाठक र भरत पन्तलाई जिम्मेवारी दिइएको छ ।
मञ्चले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल केसीको असामयिक निधन प्रति शोक प्रस्ताव पनि पारित गरेको छ । ज्ञानुको निधनले आफूहरुलाई दुखित तुल्याएको भन्दै मञ्चले ज्ञानु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गरी शोक सन्तप्त अध्यक्ष प्रचण्डसहित सबै परिवारका सदस्य प्रति समवेदना व्यक्त गरेको छ ।
बैठकले संगठनको विधानअनुसारको  नविकरण तथा आर्थिक श्रोतलाई निरन्तर र नियमित राख्ने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us