घुस खाने र खुवाउने दुवै अपराधी: प्रधानमन्त्री

काठमाण्डु टुडे २०७० चैत १४ गते १३:४६ मा प्रकाशित

नेपालगञ्ज, १४ चैत – प्रधानमन्त्री सुशील कोइरालाले विकास बजेटमा हुने भ्रष्टाचार र घुसखोरी अन्त्य सरकारको प्राथमिकता भएको बताएका छन् ।
sushilनिर्माण व्यवसायी महासंघको १६ औं साधारणसभाको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै कोइरालाले खुस खाने र खुवाउने दुवै अपराधी भएको बताए ।

उनले विकास निर्माणको रकममा कम दररेट राखेर घुस खाने र कम गुणस्तरको काम हुने गरेको बताए । कोइरालाले सबै इमान्दार भएर लागि परे आगामी १०९ वर्षमा नेपाललाई विकसित मुलुक बनाउन सकिने दाबी गरे ।

‘घुस खाने र घुस दिने दुवै अपराधी हुन्’, कोइरालाले भने, ‘सबै इमान्दार भएर लागे नेपाललाई १० वर्षमा विकसित मुलुकका रुपमा चिनाउन सकिन्छ ।’

शान्ति, स्थायित्व र संविधान सरकारको पहिलो प्राथमिता रहेको उल्लेख गर्दै कोइरालाले एक वर्षभित्र मुलुकले लोकतान्त्रिक संविधान पाउने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us