
काठमाण्डु, १४ चैत– व्यवस्थापिका–संसदले संसदीय सुनुवाई विशेष समिति गठन गरेको छ ।
संसदीय सुनुवाई नहुँदा लामो समयदेखि विभिन्न संवैधानिक निकाय पदाधिकारीविहीन बन्दै आएका बेला शुक्रबार बसेको संसद बैठकले संसदीय सुनुवाई विशेष समिति गठन गरेको हो ।
संवैधानिक निकायमा पदाधिकारी नियुक्तिअघि संसदीय सुनुवाई गर्नुपर्ने संवैधानिक व्यवस्था छ । समिति गठनसँगै संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको बाटो खुलेको छ ।
६९ सदस्यीय समितिमा काँग्रेसबाट आनन्दप्रसाद ढुंगाना, कुलबहादुर गुरुङ, बालकृष्ण खाँड, आरजु राणा देउवा, एमालेबाट विद्यादेवी भण्डारी, अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र एकीकृत माओवादीबाट टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल तथा अग्नि सापकोटा लगायत छन् ।
यस्तै बैठकले पेट्रोलियम पदार्थ तथा दूधलगायत दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिबारे अध्धययन गर्न संसदीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ । ११ सदस्यीय समितिलाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।