थाइवानमा हतियार बिक्री नगर्न अमेरिकालाई चीनको चेतावनी

काठमाण्डु टुडे २०७० चैत १४ गते ३:१९ मा प्रकाशित

चीनले थाईवानमा हतियार बिक्री नगर्न अमेरिकालाई चेतावनी दिएको छ ।  चीनका रक्षा मन्त्रालयका प्रवक्ता कङ येन शङले अमेरिकाले थाइवानमा हतियारलाई बिक्री स्थगित गर्न चीनले ताकिता गरेको ताकेता गरेको बताए ।

अमेरिकाले थाइवानलाई हतियार बिक्री गरिरहेमा चीन र अमेरिका बीचको सम्बन्धमा नकारात्मक प्रभाव पर्न सक्ने बताउँदै प्रवक्ता कङले दुई किनार बीचको शान्ति र विकासको सुरक्षामा स्थिरता रहने चीनले आशा लिएको बताए ।

थाइवानी सेनाले अमेरिकाबाट किनेको तीस वटा हेलिकोप्टर थाइवान पुगेका छन्। सोबारे प्रवक्ता कङले कुनै मुलुकले थाइवानलाई हतियार बिक्री गरेको कुराको चीनले कडा विरोध गरेको स्पष्ट पारेका छन ।

यस वर्ष चीन र अमेरिका दौत्य सम्बन्ध स्थापना भएको 35औं वार्षिकोत्सव रहेको र अमेरिकाको यस्तो कारवाहीबाट दुवै मुलुक बीचको सम्बन्धमा क्षति पुग्ने कुरामा प्रवक्ता कङले जोड दिए ।  CRI

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us