अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाण्डु टुडे २०७५ माघ ६ गते ११:१२ मा प्रकाशित

काठमाण्डु, ६ माघ – आइतबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरसँगै रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ बढेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६० पैसा र बिक्रीदर ११४ रुपैयाँ २० पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ । शुक्रबार खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ । हिजो शुक्रबार १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा थियो ।

यस्तै युएई दिर्हामको भाउ आइतबार एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा तोकिएको छ । शुक्रबार खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा तोकिएको थियो ।

रिंगिट १ को खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रीदर २७ रुपैयाँ ७७ पैसा तोकिएको छ । शुक्रबार खरिददर २७ रुपैयाँ ५६ पैसा र बिक्रीदर २७ रुपैयाँ ७१ पैसा रहेको थियो । आज आइतबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५७ पैसा छ ।

बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ९१ पैसा तोकिएको छ । यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केही पैसा तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us