काठमाण्डु, ३ माघ – निजी क्षेत्रको हवाई सेवाप्रदायक बुद्ध एयरले वैशाख २ गतेबाट काठमाण्डु–कलकत्ता उडान गर्ने भएको छ । 
बुद्धले काठमाण्डुबाट भारतको कोलकत्तामा हप्तामा तीन सोमबार, बुधबार र शुक्रबार उडान गर्ने गरी भारतीय पक्षबाट स्वीकृतिसमेत पाएको छ । काठमाण्डुबाट करिब एक घण्टा ४० मिनेटको उडान समय रहेको यो गन्तव्यमा त्रिभुवन विमानस्थलबाट बिहानको पहिलो उडान गर्ने गरी तयारी गरेको हो ।
२०७७ सालदेखि काठमाण्डुबाट दक्षिण एसियाका महानगरमा उडान गर्ने योजना बनाएको एयरलाइन्सले यो उडानलाई परीक्षणका रुपमा लिएको छ ।