निर्मला हत्या प्रकरण थप जटिलतातिरः प्रहरीले गर्नुसम्म गल्ती गरेको खुलासा

काठमाण्डु टुडे २०७५ पुष २६ गते ९:३९ मा प्रकाशित

काठमाण्डु, २६ पुस- निर्मला पन्तको भेजाइनल स्वाबमाथि शंका उब्जिएपछि प्रहरीले बुधबार उनकी आमा दुर्गादेवी पन्तको रगत नमुनाका रूपमा संकलन गरेको छ ।

शंकास्पद व्यक्ति र आरोप स्विकारेका व्यक्तिको डिएनए म्याच नभएर अहिलेसम्म हत्यारा पत्ता नलागेपछि सबै प्रमाण नष्ट गरिएकाले एक मात्र प्रमाणका रूपमा रहेको भेजाइनल स्वाब निर्मलाकै होरहोइन भनेर शंका पैदा भएकाले त्यसको निवारणका लागि दुर्गादेवीको रगत जाँच गर्न दिइएको हो ।
निर्मलाका आमा र आफन्तको आग्रहमा रगतको नमुना लिएर भेजाइनल स्वाब निर्मलाको भएको÷नभएको जाँच्न प्रहरी मन्जुर भएको हो । ‘भेजाइनल स्वाबमाथि शंका छ, रगत जाँचेर हो वा होइन पत्ता लगाइदिनुप¥यो भनेर उनीहरूले निवेदन दिएकाले जाँचका लागि रगतको नमुना संकलन गरेका हौं,’ कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us